|

दाङ : तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन भित्र्याउनका लागि सञ्चालन गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको शुरु गर्ने भएको छ। तुलसीपुरको गौरवका रुपमा रहेको राप्ती शान्ति उद्यानबाट अभियानको उद्घाटन गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताए।

आइतबार अभियानका बारेमा सरोकारवालासँगको छलफल कार्यक्रममा नगरप्रमुख पाण्डेले देशभित्रका पर्यटकलाई लक्षित गरेर अभियान सञ्चालन गरिने बताए। उनले विभिन्न संघसंस्थाको सहयोगमा ५२ हप्ता नै विभिन्न कार्यक्रम गरेर अभियान सञ्चालन गरिने समेत बताए।

'हामीले मात्रै भन्दा पनि विभिन्न संघसंस्थासँग पनि सहकार्य गरेर अभियान सञ्चालन हुनेछ', नगरप्रमुख पाण्डेले भने। घुम्न जाउँ तुलसीपुर अभियानको लोगो र वार्षिक पर्यटनको कार्यतालिकासहित अभियानको उद्घाटन गरिने उनले बताए। नगरप्रमुख पाण्डेले अभियानका क्रममा १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत उनले बताए।

पर्यटकहरुलाई अनुकूल वातावरण बनाउनका लागि सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्ने कुरामा जोड दिँदै नगरप्रमुख पाण्डेले सबै क्षेत्रलाई पर्यटकमैत्री बनाउनु आजको आवश्यकता भएको बताए।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्वनिर्देशक रमेश अधिकारीले सुन्दरता नै पर्यटन आकर्षणको मूलमन्त्र भएको बताए। 'खाना, व्यबहार, बस्ने, हेर्ने सबै कुरामा सुन्दरता भयो भने मात्रै पर्यटनको केन्द्र बन्न सक्छ', उनले भने। बाह्रै महिना कुनै न कुनै उत्सव मनाएर तुलसीपुरलाई महोत्सवको शहर बनाउनुपर्ने उनले आग्रह गरे।

त्यसैगरी, दाङमा भ्रमण वर्षलाई सफल पार्नको लागि त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले आइतबार एक कार्यक्रमका बीच तुलसीपुरबाट दाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न घुम्न जाऔ दाङ लेखिएको स्टिगर सार्वजनिक गरिएको छ।

घुम्न जाउँ तुलसीपुर अभियानलाई प्रचारप्रसार गर्नका लागि त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले दाङबाट सञ्चालन हुने गाडीमा घुम्न जाउँ दाङ भन्ने नाराका साथमा यहाँका पर्यटकीयस्थल समावेश गरिएको प्रचारात्मक स्टिकरको टासिएको छ। घुम्न जाऔ तुलसिपुर अभियानका परिकल्पनाकार एवं उपमहानगरपालिकाका मेयर पाण्डेले काठमाडौं र दिल्ली जाने बसमा स्टिगर टासेर अभियानको सुभारम्भ गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.