|

काठमाडौं : इटालियन सिरी ए अन्तर्गत आइतबार राती भएको खेलमा युभेन्टसले उडिनेसेलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । युभेन्टसको जीतमा पोर्चुगिज स्ट्राइकर रोनाल्डोले दुई गोल गरे।

युभेन्टसको घरेलु मैदानमा भएको खेलको ९औँ मिनेटमा रोनाल्डोले गोल गरे। फेरि खेलको ३७ औं मिनेटमा गोञ्जालो हिगुइनले दिएको पासलाई पनि रोनाल्डोले गोलमा परिणत गरे। ४५ मिनेटमा बुनुचीले थप गोल गर्दै युभेन्टसको अग्रता बलियो पारे।

उडिनेसेका लागि खेलको इन्जुरी समयमा पुसेतोले सान्त्वना गोल गरे। पछिल्लो जीतसँगै १६ खेलमा ३९ अंक बनाउँदै युभेन्टस जारी सिरी ए लिगको शीर्षस्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.