कास्की (पोखरा) : साहसिक पर्यटनको पर्याय बनेको प्याराग्लाइडिङ । नेपालको पर्यटकीय राजधानी पोखरा पुग्ने धेरै पर्यटक प्याराग्लाइडिङ गरेर मात्रै फर्किन्छन्।
साहसिक पर्यटन मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लोसमय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बढिरहेको छ। धेरै पर्यटन व्यवसायीहरुले यसमा लगानी गरेकाले कयौँले रोजगारी पनि पाइरहेका छन्।
डेढ दशकअघि पोखराको सराङ्कोटबाट सुरु भएको प्याराग्लाइडिङ देशको पूर्वदेखि पश्चिमसम्म पुगेको छ। तर पर्यटकीय राजधानी पोखरामा जस्तो आकर्षण अन्यत्र छैन।
एकसाथ अन्नपूर्ण हिमश्रृंखलादेखि फेवा-रुपा-बेगनास तालको सुन्दरता हेर्न पाइने भएकाले यहाँ स्वदेशीदेखि विदेशी पर्यटक प्याराग्लाइडिङका लागि मरिहत्ते गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।