|

काठमाडौं : काठमाडौंको माइतीघर तीनकुने सडकमा विभिन्‍न कलर गर्ने काम भइरहेको छ। दुर्घटना न्यून गर्न तथा सवारी चालकहरूलाई निर्देशन गर्न सडकमा विभिन्न किसिमको रङहरूको संकेत वा रेखा तान्ने गरिन्छ।

सडकको जेब्राक्रस होस् या अन्य स्थानमा रङ कलर गर्ने काम सडक विभागले गर्ने गर्दछ। यसरी सडकमा रङ कलर गर्दा राम्ररी धुलो बढार्नुका साथै सडकको घुम्ती र अवस्थाअनुसार प्राविधिक ज्ञानसहित गर्ने गरिन्छ।

सडक कलर गर्दा ग्यासमा पकाएर तातै रङ प्रयोग गरिन्छ। यसरी लगाइएको रङ वर्षा या घामले सहजै नमेटिने किसिमको हुन्छ। सडकमा यस्तो रङको रेखा मेटिने वा नदेखिने भएमा सडक विभागले पुन: कलर गर्ने गर्दछ। सडकमा कालो, सेतो र पहेँलोजस्ता विभिन्न रङहरू प्रयोग गरिन्छ। यी रङहरूको पनि आआफ्नै महत्‍व र विशेषता रहेको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.