|

काठमाडौं : न्याय नपाए अदालत जानू, न्यायाधीशले न्याय दिलाउँछन्- कानुनी राजयमा विश्वास राख्ने आम मानिसमा यो भरमात्र छैन, न्यायाधीशप्रति आस्थापनि उत्तिकै छ। कतिपयले त न्यायाधीशलाई ईश्वरकै प्रतिमूर्ति मान्छन्।

यो कथा तिनै न्यायमूर्तिको हो जो आफैँ अन्यायको जाँतोमा पिँधिइरहेका छन्। एक होइन, दुई होइन, तीन होइन, ३२ वर्षदेखि। अझ आश्चर्य त सधैँ अरुलाई न्याय दिने यी न्यायाधीशमाथि अन्याय गर्ने कुनै व्यक्ति होइन, स्वयम् राज्य हो।

उनी अर्थात न्यायपरिषदमा कार्यरत प्रकाश कुमार काफ्ले। ३२ वर्षअघि न्यायाधीश नियुक्त उनले अहिलेसम्म कुनै बढुवा पाएनन्। उच्च अदालतका लागि ८० प्रतिशत न्यायाधीश नियुक्ति हुँदासमेत आफू नपरेपछि भने उनी न्याय माग्न अदालत आएका छन्। उनले आफूलाई अन्याय भएको दावी गर्दै  सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बिहीबार पहिलो सुनुवाइ भएको छ।

न्यायाधीश भई काम गरेको ३२ वर्ष पुगेछ,' सर्वोच्चमा बिहीबार भेटिएका उनले भने, 'कहिले समावेशी भएन, कहिले अर्को नियुक्तिमा हेरौँला भनी मलाई सिफारिसमै अटाइएन, यसपटक पनि नभएपछि न्याय माग्न सर्वोच्च आएको हुँ।

- नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.