यी सूचकमा देखियो गत वर्षभन्दा उल्टो परिदृश्‍य

|

काठमाडौं : देशबाट बाहिरिने रकमभन्दा देशभित्र आउने रकम बढी देखिएपछि चालु आर्थिक वर्षको पहिलो महिनादेखि नाफामा देखिएकोमा चार महिनामा २७ अर्ब २९ करोड पुगेको छ। 

पहिलो महिना पाँच अर्ब नाफामा देखिएकोमा दोस्रो महिना आठ अर्ब नाफामा पुगेको थियो। तेस्रो महिना थप ६ अर्ब थपिएर १४ अर्ब पुगेकोमा चौथो महिनामा १३ अर्ब रुपैयाँ थपिएको हो। 

वर्षको सबैभन्दा बढी व्यापार हुने असोज र कात्तिक महिनामा उल्लेख्य व्यापार घटेको कारण दुई महिनामा मात्रै करिब २० अर्ब रुपैयाँ शोधानान्तर नाफामा देखिएको हो।

चालु वर्षको तुलनामा गत वर्षको चार महिनाको परिदृष्य ठीकविपरीत रहेको थियो। गत वर्ष चार महिनाको अवधिमा नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ३५.८ प्रतिशले बढेको थियो भने शोधानान्तर घाटा ५७ अर्ब ३३ करोड रुपैयाँ पुगेको थियो।

त्यस्तै, कुल राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिो तुलनामा ३०.५ प्रतिशतको वृद्धिभई दुई खर्ब ५५ अर्ब दुई करोड पुगेको थियो। चालु आर्थिक वर्षमा भने  गत वर्षको भन्दा तथ्यांक उल्टो देखिएको छ। 

चार महिनाको अवधिमा नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ६.९  प्रतिशले घटेको छ। शोधानान्तर नाफा २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै बाँडफाँट भएको राजस्वसमेत गणना गर्दा दुई खर्ब ७५ अर्बको राजस्व उठेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.