काठमाडौं : लामो समयपछि शेयरबजारमा हरियाली छाएको छ। शेयर बजारको कारोवार मापन गर्ने नेप्से परिसूचक दोहारो अंकले बढ्दा कारोबार रकम पनि आधा अर्ब नाघेको छ। नेप्से १७ दशमलव ७७ अंकले बढेर ११ सय ६८ दशमलव ५८ बिन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९४ अंकले बढ्दा २ सय ५४ दशमलव ५३ बिन्दुमा पुगेको छ।
कारोबारमा सूचीकृत १२ मध्ये ११ वटा समूहमा हरियो रंग लागेको छ। म्युचल फण्ड ० दशमलव ०९ अंकले रातो भएको छ। सबैभन्द धेरै जीवन बिमा समूहको सूचक १ सय ७०, निर्जीवन विमा १ सय ५८ र उत्पादनमूलक समूहको सूचक १ सय १३ अंकले बढेको छ। १ सय ७७ कम्पनीका १७ लाख ५४ हजार ३ सय ६३ कित्ता शेयर खरिद बिक्री हुँदा ५९ करोड ५७ लाख ६४ हजारको कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा अगाडि रहेको सिभम् सिमेन्टको ५ करोड ८५ लाखको कारोबार भएको छ। नबिल बैंक र नेपाल बैंकले चार/चार करोडको कारोबार गरेका छन्। आज नागरिक लगानी कोष, शिभम् सिमेन्ट लगायतका कम्पनीको शेयर भाउ बढ्दा सर्किट ब्रेक लागेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।