|
Photo :www.islamsosmed.com

म एकदिन प्रसिद्ध हुनेछु। यो मेरो वाचा हो। चाहे मलाई अमेरिकाको राष्ट्रपति नै बन्‍न किन नपरोस्,' डोनाल्ड ट्रम्पले १२ वर्षको उमेरमा आफ्ना साथी पाउल अनिससँग रिसको झोकमा यसो भएका थिए। आज उनको वाचा पुरा हुँदैछ। 

७० वर्षका ट्रम्पले आज अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा शपथ लिदैछन्। यसै अवसरमा  जान्‍नुहोस्, बाल्यकालमै न्युयोर्क शहरका डन भनेर चिनिएका धनी बाबुका छोरा ट्रम्पबारेका ५ रोचक किस्सा : 

१ चौकीदारले पिटेपछि १५ वर्षमा किने नयाँ बंगला

ट्रम्पसँग बाल्यकालदेखि  ग्राजुएसनसम्मसँगै पढेका सहपाठी पाउल अनिसले दैनिक भास्कर डटकमलाई दिएको जानकारीअनुसार :  

न्यूयोर्क मिलिट्री एकेडेमीमा पढ्दा एकपटक पाउल र ट्रम्प फिल्म हेर्न टाइम्स स्क्वायर पुगेका थिए। उनीहरुले नै थाहा नपाइ टिकट हरायो। हलमा चौकिदारले टिकट मागे। टिकट देखाउन नसकेपछि दुबैजनालाई धक्का दिएर बाहिर पठाए। ट्रम्प भुँईमा लडे। उनलाई चोट लाग्यो। उनले उठेर चौकीदारलाई पिटे र भागेर घर गए।

घरमा उनले आफ्ना बाबु फ्रेडलाई सबै कुरा बताए। फ्रेड त्यतिबेलाका रियल स्टेटका ठुला व्यापारी थिए। उनले बाबु फ्रेडसामू शर्त राखे,' कि स्कुल जान्न कि त त्यो बिल्डिङ नै  किनिदेउ,' ट्रम्पको जिद्दीसामु बाबुको केही लागेन। उनले अन्तत: त्यो बिल्डिङ किनिदिए।

२  स्कुलमा शिक्षिकालाई थप्पड लगाए

ट्रम्पले आफ्नो सुरुवाती पढाई किन्टरगार्डन स्कुल केउ फरेस्टमा पुरा गरेका थिए। उनका बाबु यस विद्यालयका बोर्ड सदस्य थिए। यसको फाइदा उठाएर ट्रम्प हरेकपटक स्कुलमा केही न केही उपद्रो गर्थे। स्कुलले कुनै सजाय दिदैँनथियो। 

जब ट्रम्प ५ कक्षामा पढ्थे। उनले एकपटक शिक्षिकालाई नै थप्पड हाने। ट्म्पलाई लागेको थियो शिक्षिकाले राम्रो पढाइदिनन्। ' जबकी शिक्षिकाले राम्रो पढाउँथिन्,' पाउल भन्छन्। शिक्षिकाले प्रिन्सिपललाई गुनासो गरिन्।

प्रिन्सिपलले ट्रम्पलाई बोलाए तर कुनै सजाय दिएनन्। बाहिर निस्किएपछि ट्रम्पले शिक्षिकाका अगाडि डान्स गरे। शिक्षिकालाई मज्जाले उडाए। ट्रम्पको यो हर्कतको धेरै दिन चर्चा भयो।

३  दुर्गन्ध फैलने पटाका र चक्कु लिएर स्कुल गए 

 केउ फरेस्टमा पढ्दा उनी उपद्रो गर्थे। धनी बाबुका छोरा ट्रम्पको व्यवहारबाट सबै आजित थिए। एकपटक उनले स्कुलमा धुवाँ निस्कने पटाका र चक्कु लिएर आएका थिए। पटाकाको धुवाँ निस्किएपछि अन्य विद्यार्थी डरले भाग्थे।

ट्रम्पसँग यस स्कुलमा पढेका एन मजरेल भन्छन्,'मलाई पनि थाहा भयो उनले यो पटाका पीटरसँग मिलेर म्यानहटनबाट ल्याएका रहेछन्। उनीहरु दुबै बदमास थिए। हामी ट्रम्पलाई धनी बाबुको बदमास छोरा भन्थ्यौं,' मजरेलले भने,' एकपटक ट्रम्पलाई स्कुलबाट १ दिनका लागि निलम्बन गरिएको थियो।' यसपछि उनका बाबुले अनुशासन सिकाउन ट्रम्पलाई मिलिट्री स्कुलमा रातारात भर्ना गरे। 

४  झोकमा किने महंगो गाडी

ट्रम्पलाई कसैको प्रतिक्षा गर्न र लाइनमा बस्न कहिल्यै मन पर्दैन थियो। लाइनमा बस्नबाट बच्नकै लागि उनले ३० वर्षअघि गोल्ड प्लेटेड लिमोजिन कार किनेका थिए। त्यतिबेलै यस गाडीमा टिभी, फ्रिज, फ्याक्स, फोन, बार र इन्टरनेटको व्यवस्था थियो।

यस गाडी किन्नुको रहस्य पनि अनौठो छ। ट्रम्पकी बहिनी एलिजावेथका अनुसार सन् १९८७ मा एक मिटिङ सकेर होटलबाट ट्रम्प र एलिजावेथ बाहिरिएका थिए। होटलमा पार्किङदेखि लबीसम्म गाडी लैजानका लागि एकमात्रै ड्राइभर थिए। ति ड्राइभर त्यतिबेला होटलमा आएका एक भिभिआइपीको गाडी निकाल्दै थिए। 

ट्रम्पको गाडी निकाल्ने पालो आएन। ड्राइभरले ५ मिनेटपछि भन्यो,' अब ३-४ वटा गाडी निकालेपछि तपाईको पालो। त्यसपछि ट्रम्पले बहिनी एलिजावेथलाई बोलाएर गाडी निकाल्न भने। उनी सिधै गोल्ड प्लेटेड कारको अर्डर दिन कार कम्पनी पुगे।

५  छोरी बिरामी हुँदा खाना खाएनन् 

ट्रम्पकी जेठी श्रीमती  इवाना ट्रम्पपट्टीका कान्छा छोरा इरिक ट्रम्पका अनुसार ट्रम्पले छोरी इंवाकालाई धेरै माया गर्थे। 'उनले सबैलाई माया गर्थे। तर धेरै माया दिदी इवांकालाई गर्थे,' छोरा एरिक भन्छन्,'एकपटक इवांका दुर्घटनामा परेकी थिइन्।

२ दिनसम्म अस्पताल भर्ना भइन्। त्यतिबेला ट्रम्पले खाना खाएनन्। उनी जुनसुकै मिटिङमा जाँदा पनि घरका सबैलाई दैनिक एक न एकपटक फोन गर्थे।'

दैनिक भास्कर डटकमबाट 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.