|

काठमाडौं : ओशिश क्रिकेट एकेडेमीले कुलबहादुर कट्‍‍वाल प्रथम अण्डर १४ टि ट्‍‍वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। नेक्सस् इन्टर नेशनल एकेडेमीले पेप्सीकोलामा आयोजना गरेको प्रतियोगिताको फाइनलमा ओशिशसले बालुवाटार क्रिकेट एकेडेमीलाई २२ रनले हरायो।

टस जितेर ब्याटिङ रोजेको ओशिशले निर्धारित २० ओभरमा १४६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बालुवाटारले ४ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो।  पुस २६ गतेदेखि सञ्चालन भएको यस प्रतियोगितामा ९ टिम सहभागि थिए। प्रतियोगितामा बालुवाटार एकेडेमीका इरफान खान म्यान अफ दि सिरिज घोषित भए। त्यस्तै प्रियांशु श्रेष्ठले बेस्ट ब्याट्सम्यान तथा आशिष भुसालले बेस्ट बलरको अवार्ड जिते। 

विद्यालय तहबाटै क्रिकेट खेलाडी उत्पादनका लागि सहयोग गर्न यस प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्राचार्य आर बी कट्‍‍वालले बताए। विजेता खेलाडीलाई सामान्य प्रशासनमन्त्री केशवकुमार बूढाथोकीले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे। उनले विद्यालय तहबाटै क्रिकेट खेलको विकास आवश्यक रहेको बताए। त्यसका लागि सरकारसँग सहयोगको पहल गर्ने उनले बताए। 

प्रतियोगितामा नुवाकोट क्रिकेट एकेडेमी, नेक्सस् क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट एकेडेमी, ग्रेटर हिमालयन क्रिकेट एकेडेमी, ओशिश क्रिकेट एकेडेमी, नेपाल क्रिकेट स्कुल, साइन्स स्पोर्टस एकेडेमी, रोयल काडमाडौ क्रिकेट एकेडेमी र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.