|

डडेल्धुरा : नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा तीव्र तयारी गरिएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकासहित अन्य स्थानीय तहले भव्यरूपमा उदघाटन गर्ने गरी तयारी गरिएको छ।

यहाँका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका छन्। अमरगढी नगरपालिकाले नेपाल भ्रमण वर्षलाई सफल पार्न तयारी तीव्र पारेको छ। आइतबार नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई सफल पार्न तयारी तीव्ररूपमा अघि बढाइरहेको जनाएको हो।

नगरपालिकाले ‘घुम्न जाऔं अमरगढी’ अभियान थालेको छ। भ्रमण वर्ष आउन केही दिन मात्रै बाँकी रहेको बेला नगरपालिकाले उक्त अभियान थालेको हो। ‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्न नगरपालिकाले यहाँका उद्योगी व्यापारी, होटल व्यवसायी र क्षेत्र विकास समितिका पदाधिकारीसँग छलफल गरिसकेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

‘घुम्न जाऔं अमरगढी’ अभियानको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुस १६ मा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा डडेल्धुरा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यसहित सबै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई आमन्त्रण गरिएको नगरप्रमुख ओझाले जानकारी दिए। ‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख ओझाको संयोजकत्वमा ६०० जनाको मुल आयोजक समिति निर्माण गरिएको छ।

यस्तै, डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपलिकाले बृहत ¥यालीको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.