|

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेकपा एमाले अहिले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमै रहेको बताएका छन्। सहिद गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको 'स‌ंविधान कार्यान्वयन, द्वन्द्व पछिको शान्ति, विकास र समृद्धि' विषयक छलफलमा उनले यस्तो बताए। 

'हामी संवैधानिक राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा छौ। यो हाम्रो दस्तावेजमै पनि छ। संविधान सम्झौताको दस्तावेज पनि हो,' महासचिव पोखरेलले भने,'त्यसैले संविधान जारी गर्नका लागि भए हामीले यो एजेन्डा थाती राख्‍‍यौ। तर यो एजेन्डा हामीले उपयुक्त समयमा संविधान संशोधन गरेर बदल्न चाहन्छौं।'

उनले नेपालीहरु अक्टोपसका कारण चुनौतीमा रहेको दाबी गरे।'हामी नेपालीहरु अक्टोपसको फेला परेका छौ, त्यो अक्टोपसबाट कसरी छुटकारा पाउने यो हाम्रो चुनौती हो। कहिले राजा प्रयोग हुन्छ, कहिले माओवादी प्रयोग हुन्छ त कहिले को प्रयोग हुन्छ,'पोखरेलले भने,'सुगौली सन्धि भएपछि हाम्रा दुर्दिन शुरु भए।'

उनले अहिलेको चुनौती संविधान कार्यान्वयन रहेको बताए।‘निर्वाचन घोषणा गर्नु भनेको संविधान कार्यन्वयनको माइलस्टोन हो, अहिले त्यसलाई हुन नदिने प्रपन्च छ,' उनले भने। 

उनले शान्ति प्रक्रियामा आएपछि माओवादी भ्रस्टाचारको आहालमा डुबेको आरोप लगाए। हासचिव पोखरेलले सत्तासमिकरणमा माओवादी प्रयोग भैरहेको दाबी गरे। बाहृय तत्वहरुको योजनालाई मुर्तरुप दिन प्रदेश नम्बर पाँचमा कैची चलाइएको उनको दाबी छ। उनले नेपाललाई बहुराष्टिय राज्य बनाउने अभिष्टका साथ यसो गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.