|

इटहरी : बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर 'सिद्धबाबा' तीन लाख धरौटीमा रिहा हुने भएका छन। सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए। दुवै पक्षको बहसपछि अदालतबाट यस्तो आदेश भएको थियो। 

बहसमा सहभागी सबै वकिलले कृष्णदासले अनुयायी महिलामाथि बलात्कार गरेको बताउँदै त्यसलाई पुष्टि हुने यथोचित प्रमाण भएकाले कानुन अनुसार १० वर्षसम्मको जेल सजाय माग गरेका थिए।

कृष्णदास पक्षका ५ जना वकिलमध्ये २ जनाले आइतवार बहस गरेका थिए। उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए। कृष्णदासको तर्फबाट सोमबार बाँकी २ जना वकिलले बहस गरेपछि अदालतबाट यस्तो आदेश आएको हो।

पीडित महिलाहरुकोतर्फबाट सरकारी वकिल गोकुलबहादुर निरौला, अन्‍नत न्यौपाने, अनिल रेग्मी, नवराज बिष्ट र रेणुका राईले बहस गरेका थिए। पीडकको तर्फबाट अधिवक्ता सरोज गिरीसहित दुईजनाले बहस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.