'दीपावलीको उज्यालोले नयाँ यात्राको संकेत गर्नेछ'

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को लागि सबै तयारी सकिएको जनाएको छ। मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षको लागि आवश्‍यक तयारी सकिएको जनाएको छ। 

'भ्रमण वर्षको हामीले करिब तयारी पूरा गरेका छौँ' सोमबार आयोजित पत्रकार सम्मेलनमा सचिव अधिकारीले भने। उनले भ्रमण वर्ष संख्यात्मक र गुणात्मक रूपमा पर्यटक ल्याउनको लागि सहयोगी बन्ने बताए। 

भ्रमण वर्ष सचिवालयका अनुसार बुधबार दिउसो ३ बजेदेखि निमन्त्रणा पठाइएका अतिथिहरूलाई प्रवेश गराइने छ भने अति विशिष्ट अतिथि दिउँसो ४ बजे आउने कार्यक्रम रहेको छ। 

उद्घाटन सत्रका आउने अतिथिहरूका लागि ३ किसिमका कार्डहरू वितरण गरिएको छ। सेताे कार्ड सर्वसाधारणको लागि, पहेलो कार्ड विशिष्ट र नीलो कार्ड अतिविशिष्टको लागि वितरण गरिएको जनाइएको छ। त्यस्तै मिडियाको लागि छुट्टै कार्डको व्यवस्था गरिएको भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले बताए। 

वैद्यका अनुसार विभिन्न देशबाट आउने मन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख दलका नेताहरूको पनि मन्तव्य रहने उनले बताए। उद्घाटनमा धार्मिक, संस्कृति झल्कने सांस्कृतिकसहितका कार्यक्रम प्रस्तुत हुने बताए ।

के-के गरिँदै छ उद्घाटनमा?

'दीपावलीको उज्यालोले नयाँ यात्राको संकेत गर्नेछ'

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्‍घाटनको दिन घरघरमा दीपावली गर्नको लागि सर्वसाधरणसँग आग्रह गरेका छन्। सबै नेपालीसहित विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघ–संस्थालगायत सरोकारवाहरू सबैलाई त्यो दिन दीपावली गरेर उज्यालो बनाउन अपिल गरेका हुन्।

'दीपावलीको उज्यालोले नयाँ यात्राको संकेत गर्नेछ' मन्त्री भट्टराईले भने उद्‍घाटनको दिन घर-घरमा दीपावली मनाएर उत्सव मनाइदिनुस्।' भ्रमण वर्ष उद्‍घाटनलाई भव्य बनाउनको लागि १०० भन्दा बढी संघ संस्थाका प्रतिनिधिसँग छलफल गरिएको मन्त्री भट्टराईको भनाइ छ। 

भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यका साथै देशको आर्थिक वृद्धि, रोजगारी र उत्पादन वृद्धिमा केन्द्रित भएर भ्रमण वर्षका अभियान अघि बढाउने कार्यक्रम रहेको उनले बताए। भ्रमण वर्षमा सुरुवातसँगै पर्यटन दशकका लागि आवश्‍यक काममा पनि मन्त्रालय लाग्ने भट्टराईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.