|

काठमाडौं : दुबै मृगौला फेल भएर उपचार गराइरहेका जयबहादुर पाइजा मगरले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्। कालिका-३ बर्दिया निवासी ३१ वर्षिय जयबहादुर लामो समयदेखि दुबै मृगौला फेल भएर काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका छन्।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्न उनले सबैसँग आग्रह गरेका हुन्। नबिल बैंकको अकाउन्ट नम्बर ( 0210017539046) अथवा नेपाल इन्भेस्टमेन्ट बैंकको अकाउन्ट नम्बर (00105080394666) मार्फत सहयोग गरेर आफ्नो ज्यान बचाइदिन जयबहादुर पाइजा मगरले आग्रह गरेका छन्। साथै सम्पर्कका लागि आफ्ना दाजु पुर्ण मगरसँग 9841352083 मा सम्पर्क गर्न सकिनेछ। शिक्षण अस्पतालको नेफ्रो वार्डको बेड नं. १९ मा रहेका जयबहादुरको मुटुमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.