युट्युब च्यानलमार्फत साँझको आरती र जात्राको प्रसारण

|

काठमाडौं ः नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पशुपति मन्दिरमा सेल्फिस्थल राखिने भएको छ। पन्ध्र शिवालयको माथि, मन्दिकको मुख्यद्बार अगाडि र पशुपति क्षेत्र विकास कोषको कार्यालयमा राखेन पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी मन्दिरको आकृति निर्माण गरी सेल्फिस्थल निर्माण गर्न लागिएको पशुपति क्षेत्र विकासका सदस्य सचिव प्रदीप ढकालले बताए। उनका अनुसार पशुपति क्षेत्रको तीन स्थानमा राखिने भएको हो। आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई लक्षित गरी सेल्फिस्थल निर्माण गर्न  लागिएको हो।

धार्मिक पर्यटक पशुपति क्षेत्रमा आउने भएकोले सेल्फी  खिच्ने ठाउँमा भ्रमण वर्षको लोगो राखेर नेपालको  प्रचार प्रसार गर्नलाई यस्तो गरिएको ढकालले बताए। मन्दिरमा आउनले फोटो  खिच्न रुचाउने भएकोले सेल्फी स्थल बनाइ भ्रमण वर्षको प्रचार- प्रसार गर्न लागिएको उनको भनाइ छ। उनका अनुसार मन्दिर क्षेत्रमा विद्युतीय बत्ती जडान गरिन्छ।

पशुपतिमा हुने साझको आरती युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने उनले जानकारी दिए। पशुपतिको धार्मिक महत्त्व झल्किने फोटो प्रदर्शनी गरिने, चित्रकला र मूर्तिकलाकारबाट कला प्रदर्शन गरिने कार्यक्रम समेत रहेको उनको भनाइ छ। मन्दिरको अङ्कित सिक्का प्रकाशन तथा बिक्री गरिने उनले प्रष्ट पारे।

तीनवटा स्वागतद्बार निर्माण गरिने भएको छ। पिंगलस्थान, बनकाली र उमाकुण्डमा स्वागतद्बार निर्माण गरिरहेको उनले बताए। उनले भने, 'मन्दिर परिसरभित्रका साना  मन्दिरमा रंग-रोगन गरिन्छ।' 

विभिन्न मार्ग, डबली, मुख्य क्षेत्रका उप्केका ढुंगा तत्काल मर्मत गरिने पनि उनले जानकारी दिए। उनले मन्दिरको सरसफाइमा विशेष ध्यान दिएर काम गरिने बताए। 'मन्दिरको तीन पटक सरफाइ गरिन्छ', ढकालले भने,' ४ वजेदेखि बेलुका ८ वजेसम्म पर्याप्त सफाइ कर्मचारी लगाएर काम गराइन्छ।'

पश्चिमका मुलढोका र प्राङ्गणमा २४ घन्टा  सुरक्षाकर्मी खटाइने भएको छ। मन्दिर प्रवेशमा सुरक्षमा उपकरणबाट जाँचको व्यवस्था गरिने उनले जानकारी दिए। ४ बजेदेखि ८ बजेसम्म चारढोकामा आवश्यक सुरक्षाकर्मी खटाइने उनले बताए।

सिसिटिभी क्यामेरा सञ्चालनमा ल्याई गणकको चेकजाँच गरी छुट्टै पोशाकको व्यवस्था गरी भेटी गणना गरिने उनले बताए। मन्दिरमा चढाएका कपडालाई सर्वसाधारणलाई प्रसादको रुपमा बिक्री वितरण गर्नलाई प्रभावकारी व्यवस्था मिलाइने उनको भनाइ छ।  जल बोक्ने र रुद्री पाठ गर्ने ब्राह्यमण थप गर्ने भएको उनले बताए। भिआइपी कक्ष बनाइ बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुला राखिने उनले जानकारी दिए। स्तरीय फूल-प्रसाद मात्र मन्दिर परिसर लैजाने व्यवस्था गरिनेछ।

'पूर्ण रुपमा प्लाष्टिकको प्रयोगलाई निषेध गरिन्छ', उनले भने,' अनुगमनमा तीव्र रुपमा काम गरिन्छ। प्लाष्टिक रिसाइकल गर्नको लागि मेशिनको व्यवस्था गरिन्छ।' उनले पशुपति क्षेत्रमा रहेका अनावश्यक विज्ञापन हटाइ कोषको सूचनामूलक बोर्डहरू ठाउँ ठाउँमा राखिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.