|

काठमाडौंः पर्यटन वर्ष २०२० मा पशुपति क्षेत्रमा बंगलादेशबाट २० हजार दर्शनार्थी आउने गरी सम्झौता भएको छ। बंगलादेशको हिन्दु वेलफेयर ट्रस्टसँग सम्झौता गरिसकेको पशुपति विकास कोषले जनाएको छ।

बंगलादेश सरकारले सहयोग गर्नेगरी कार्य अगाडि बढिसकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए। उनका अनुसार बंगलादेशमा पनि धेरैको संख्यामा हिन्दु धर्मावलम्बी छन। बंगलादेशबाट सबैभन्दा थोरै धार्मिक पर्यटक आउनले भएकोले धार्मिक पर्यटक बढने विश्वास रहेको छ।

त्यसैगरी, भारतको राजस्थान सरकारले भ्रमण वर्षमा तीन हजार धार्मिक पर्यटकलाई पशुपतिको दर्शन गराउने व्यवस्था गरेको उनले जानकारी दिए। उनले भने,' आगामी महिना राजस्थानबाट आउदै छन्। उनीहरुलाई पशुपति विकास कोषले स्वागत गर्छ।'

इन्डोनेशिया, मलेसिया, बंगलादेशमा भएका हिन्दुहरुलाई पशुपतिनाथको दर्शनार्थको लागि नेपाल भ्रमणमा सहभागी हुन विदेशमा रहेका राजदुतावास मार्फत प्रचार प्रसार कार्यक्रम सञ्चालन गरिने उनले बताए। उनले भने,' नेपालमा बसेर विदेशमा व्यापार गरिरहेका निजि क्षेत्रलाई नेपालको प्रचार प्रसार गर्न आग्रह गरिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.