|

बारा : बारामा नेपाल भ्रमण वर्ष २०२० को तयारी सुरु भएको छ। जिल्लामा चारवटा कार्यक्रम हुन लागेको नेपाल भ्रमण वर्ष २०२० प्रदेश २, बारा जिल्ला समन्वय समितिका संयोजक मोहन शर्माले जानकारी दिएका छन्।

बाराको निजगढ, सिमरा, अम्मेखगञ्ज र सिम्रौनगढमा भ्रमण बर्षका कार्यक्रम शुरु हुन लागेको छ।

राईड टु निजगढ

भ्रमण वर्षको शुभारम्भका अवसरमा बाराको निजगढमा राईड टु निजगढ कार्यक्रम हुन लागेको छ। जिल्लाको भ्रमण वर्ष शुभारम्भ मुल समारोह समितिले यो कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा ५० वटा साईकल, २ सय वटा मोटरसाईकल र ५ वटा सफारी गाडीमा करिब ३ सय भन्दा बढी मानिसहरु सहभागि हुने जिल्ला समन्वय समिति बाराका सदस्य महेश्वर अधिकारीले जानकारी दिए।

उता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले पनि भ्रमण बर्षका अवसरमा कार्यक्रम आयोजना गर्दैछ। स्वागत समारोहको लागी विभिन्न कार्ययोजना बनाएको सो समितिले सांस्कृतिक झाँकी तथा र्‍याली गर्ने, मञ्च तथा गेट बनाउने, मञ्चमा भाषण तथा सांस्कृतिक प्रस्तुति गर्ने कार्ययोजना बनाएको भ्रमण वर्ष मुल समारोह समितिका संयोजक कृष्ण ठकुरीले जानकारी दिए।

भ्रमण बर्ष २०२० को कार्यक्रम वडा नम्बर २१ स्थित हात्तिसार पिक्निक स्पोर्टमा गर्न लागिएको छ। वडा कार्याललयले कार्यक्रम सफल बनाउन अमलेखगञ्जभित्र रहेका सम्पुर्ण संघ संस्थालाई आह्वान गरेको छ।

विमानस्थल र सीमामा यात्रुलाई स्वागत

भ्रमण वर्षको पहिलो दिन सिमरा विमानस्थल र सीमामा यात्रुलाई स्वागत गरिने भएको छ। स्वागत कार्यक्रममा प्रदेश सरकारका प्रतिनिनिधि समेत सहभागि हुनेछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.