|

काठमाडौं : नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण बर्ष–२०२० लाई स्वागत गर्दै सफलताको शुभकामना दिएकी छन्। नेपाल भ्रमण बर्ष २०२० भोली बुधबार इस्विसम्वत २०२० सँगै शुरु हुनेछ । 

इन्टरनेट सञ्जाल ट्वीटरमा सुन्दरी राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गरेकी छन्। 

ट्वीटमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई मेन्सन गर्दै राजदूत यान्छीले नेपालका सांस्कृतिक सम्पदा परिसरमा खिचिएका चारवटा निकै राम्रा तस्विर पनि राखेकी छन्।

यान्छीका तस्विरहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.