तीन देशका पर्यटनमन्त्री आइपुगे

|

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को बुधबार हुने उद्घाटन समारोहमा भाग लिन तीन देशका पर्यटनमन्त्री काठमाडौं आइपुगेका छन्। उनीहरुलाई मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्। 

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री एडमुन्ड बार्टलेट् काठमाडौं आइपुगेका हुन्। त्यसैगरी म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि मंगलबारै काठमाडौं उत्रिएका छन्। 

‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ को समुद्घाटन समारोहमा सहभागी हुन चीनका साहायक पर्यटनमन्त्री माननीय वङ सियाओफेङ नेपाल आइपुगेका छन्। उनलाई पनि काठमाडौंमा मन्त्री भट्टराईले स्वागत गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.