|

बर्दिया : पुस १६ गते अर्थात् जनवरी १ तारिखका दिन बर्दियाको ठाकुरद्वारमा भ्रमण वर्षको उद्घाटन गरिने भएको छ। प्रदेश नम्बर ५ सरकारले भ्रमण वर्षको उद्घाटबाट बर्दियाको ठाकुरद्धारबाट गर्न लागेको हो।

नेपाल भ्रमण वर्ष २०२० तथा घुम्न जाऊँ बर्दिया भन्ने नारासहित जनवरी १ तारिखका दिन बर्दिया राष्ट्रिय निकुञ्जनजिक ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारमा प्रदेश नम्बर ५ को आयोजना एवं बर्दिया जिल्लाको सहकार्यमा भ्रमण बर्षको उद्घाटन गर्न लागिएको हो।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमसहित भव्‍यताका साथ नेपाल भ्रमण वर्ष शुभारम्भ हुने जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष, तथा जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजक शंकर थारूले बताए।

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश नम्बर ५ का पर्यटनमन्त्री लीला गिरीको अध्यक्षतामा विविध सांस्कृतिक तथा सन्देशमूलक जानकारीसहित नेपाल भ्रमण वर्ष २०२० तथा घुम्न जाऊँ बर्दिया। औपचारिक रूपमा उद्घाटन हुने जनाइएको छ।

भ्रमण वर्षको तयारी पूरा

भ्रमण वर्षको उद्घाटनका लागि स्थानीय सरकार, प्रदेश सरकार लगायतले तयारी पूरा भएको जनाएका छन्। यस्तै, पुल माला बनाउने गेट निर्माण गर्नेदेखि लिएर प्रचार प्रसारको सम्पूर्ण काम समेत सकिएको जनाइएको छ। भोलि बिहान ११ बजे किर्दयाको ठाकुरद्धाराबाट भ्रमण वर्षको उद्धघाटन प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले गर्ने जनाइएको छ।

पर्यटन वर्ष नजिकिइरहेका बेला बर्दियाका विभिन्न ठाउँमा पर्यटन वर्षको तयारीका विषयमा पटकपटक छलफल कार्यक्रमको आयोजना गरिएको छ। बर्दिया प्रकृति र संस्कृतिको धनी जिल्ला पनि मानिन्छ। यस्तै, प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटन बर्दियाबाट गर्ने तय गरेसँगै बर्दियाको विकासमा भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठले स्थानीय तहले बर्दियाको ठाकुरद्धारमा उद्घाटन गर्न लागिएको भ्रमण वर्ष सफल पार्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्न सम्पूर्णलाई आग्रह गरे।

ठाकुरबाबा नगरपालिकामा सार्वजनिक बिदा

भ्रमण वर्षको उद्घाटन बर्दियाको मुख्य पर्यकीय क्षेत्र ठाकुरद्वारबाट गरिने भएपछि ठाकुरबाबा नगरपालिकाले नगरपालिका अन्तरगतका सबै कार्यालयहरुमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

ठाकुरद्वार मन्दिर परिसरमा भ्रमण वर्षको उद्घाटन गरिने भएपछि सम्युर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थितिका लागिसमेत आग्रह गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतप्रसाद उप्रेतीले बताए।

बर्दिया पर्‍यापर्यटनका हिसाबले अति नै महत्वपूर्ण मानिन्छ। यहाँ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाल सरकारबाट हुलाक टिकट प्राप्त ठाकुरद्धारा मन्दीर, होमस्टेहरु तथा थारु संस्कृती र रहनसहन अबलोकनका लागि पर्यटकहरु बर्दिया आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.