|
भारतीय पर्यटन राज्यमन्त्रीलाई स्वागत गर्दै पर्यटनमन्त्री

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को बुधबार हुने उद्घाटन समारोहमा सहभागी हुन धमाधम विदेशी पाहुना आउन थालेका छन्। कार्यक्रममा सहभागी हुन भारतीय पर्यटन राज्यमन्त्री काठमाडौं आइपुगेका छन्।

यसअघि चीनका पर्यटन राज्यमन्त्री पनि काठमाडौं आइसेका छन्। भारतबाट मंगलबार आइपुगेका केन्द्रीय पर्यटन तथा संस्कृति राज्य मन्त्री (स्वतन्त्र प्रभार) प्रहलाद सिंह पटेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्। 

‘नेपाल भ्रमर्ण वर्ष-२०२०’ को समुद्घाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वङ सियाओफेङ यसअघि नै नेपाल आइपुगेका छन्। उनलाई पनि काठमाडौंमा मन्त्री भट्टराईले स्वागत गरे। 

भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री एडमुन्ड बार्टलेट् काठमाडौं आइपुगेका छन्। त्यसैगरी म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि मंगलबारै काठमाडौं उत्रिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.