|
फाइल फाेटाे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले आगामी १० वर्षमा नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने बताएका छन्। 

नेपाल पर्यटन वोर्डको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम रहेको बताए।

नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहन नहुने बताउँदै उनले अबको १० वर्षमा कम्तीमा १० प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताए।

उनले संघीय संरचनापछि सबैभन्दा धेरै फाइदा पर्यटन क्षेत्रलाई भएको बताउँदै पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सरकारले विभिन्न योजनाहरु बनाएको समेत जानकारी दिए।

त्यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताए । उनले यो अभियान १० वर्षसम्म चल्ने समेत बताए।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रका रुपमा विकास गर्न सकिने समेत बताए। कार्यक्रममा नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेगरी पर्यटन क्षेत्रमा काम भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.