|

भक्तपुर : भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गर्ने तयारी गरेको छ।

भक्तपुर नगरपालिकाले सन् २०२० को पहिलो दिन बुधबार नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, नयाँ वर्ष र पर्यटकको स्वागतका लागि स्वागत, प्रभातफेरी र साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको नगरप्रमुख प्रजापतिले बताए। 

दत्तात्रय क्षेत्रबाट बाँसुरी बाजा र लाखे प्याखँसहित शुरु हुने प्रभातफेरी इनाचो-गोल्मढी-सुकुलढोका-टौमढी-नासमना-बंशगोपाल-भार्वाचो-नःपुखु-ईताछें-खौमा हुँदैं दरवार क्षेत्रमा पुगेर समापन हुनेछ। 

भ्रमण वर्षको पहिलो दिन बिहान भक्तपुर दरवार क्षेत्रको मुल ढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकको पहिलो समूहलाई स्वागत गर्दै तथा निःशुल्क पास प्रदान गर्नेछ र ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा बाजाबाट नेपाल भ्रमण बर्ष २०२० र अतिथिलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

दरवार स्क्वायरमा हुने पर्यटक स्वागत कार्यक्रममा साँस्कृतिक झाँकीअन्तर्गत माक प्याखँ, लाखे प्याखँ, देवी प्याखँ प्रदर्शन गरिनेछ। त्यस्तैगरी दुधपाटीस्थित तःपुखु (सिद्ध पोखरी) र नःपुखु (गुह्य पोखरी) मा नौका बिहारको शुभारम्भ हुनेछ। 

भ्रमण वर्ष २०२० लाई सफल बनाउन वर्षैंभरि कुनै न कुनै पर्यटक केन्द्रीत गतिविधि गरिरहने योजना बनाएको भक्तपुर नगरपालिकाले मंगलबार बिहान दरवारस्क्वायर परिसर र टौमढी क्षेत्रमा सरसफाई गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.