|

चितवन : नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसर पारी भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास गरिएको छ। नारायणगढस्थित नारायणी नदी किनारमा रहेको महानगरको पर्यटन स्तम्भ नगर प्रमुख रेनु दाहालले बुधबार शिलान्यास गरेकी हुन्।

भरतपुर महानगरबाट बाजागाजासहित नदी किनार पुगेर दाहालले स्तम्भको शिलान्यास गरिन्। शिलान्यासपछि दाहालले नारायणी नदी किनारलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताइन। उनले निजी क्षेत्रसँग साझेदारी गरेर नदी किनारलाई पर्यटकीय गन्तव्य बनाउन लागिएको बताइन। 

प्रमुख दाहालले समग्र चितवनको पर्यटन क्षेत्रलाई अघि बढाइने र भ्रमण वर्षमा जिल्लामा सोचेभन्दा बढी पर्यटक भित्र्याइने लक्ष्य रहेको पनि सुनाइन। उनले पर्यटन स्तम्भको निर्माण तीव्र गतिमा अगाडि बढाइने पनि बताए।

तीन करोड रुपैयाँ लागत अनुमान गरिएको स्तम्भ निर्माणका लागि ५० प्रतिशत महानगर र ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्ने जनाइएको छ। शिलान्यास कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल, विजय सुवेदी, गीता वाग्ल, महानगरका उपप्रमुख पार्वती शाह, नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके, विभिन्न आमा समूह, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायत सर्वसाधारणको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.