|

काठमाडौं ः काठमाडौँ महानगरपालिकाले पर्यटन बर्षको पहिलो दिन बसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरेको छ। नेपाल घुम्न आउने पहिलो पर्यटक ब्राजिलका गुस्तब बाटो थिए।

उनलाई जुद्ध शालिकतर्फ (काउन्टर-१) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गरे। त्यस्तै काउन्टर ३ मरुतर्फबाट वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट बसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गरेका थिए।

अप्रत्यासित स्वागत पाउँदा पर्यटकहरु फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिन्थे। हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार पर्यटन बर्ष शुभारम्भ भएका दिन सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २ सय७२ जना पर्यटकले वसन्तपुरको भ्रमण गरेका छन्। उनीहरुबाट तीन लाख ८५ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.