पर्यटनमन्त्रीसँगै पर्यटन जगत

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले पर्यटनको लागि नेपाल पूर्ण प्याकेज भएको भन्दै विश्‍व-समुदायलाई नेपाल आउन आग्रह गरेका छन्।

भ्रमण वर्ष २०२० को उद्घाटनमा आएका विदेशी तथा विशिष्ट पाहुनालाई स्वागत गर्दै मन्त्री भट्टराईले नयाँ उत्साह र उमंगसहित नेपाल भ्रमण वर्षको आरम्भ भएको भन्दै नेपालमा धर्तीको अनुपम स्थान रहेको भन्दै त्यस्तो ठाउँ हेर्न आग्रह गरेका हुन्। 

'नयाँ उत्साह र उमंगसहित नेपाल भ्रमण वर्ष २०२०को आरम्भ भएको छ, नेपाल भ्रमणका निम्ति विश्‍व समुदायलाई निम्ता दिन चाहन्छु,' मन्त्री भट्टराईले भने।

उनले नेपालमा संविधान कार्यन्वयनसँगै राजनीतिक विभेद र असमनता अन्त्य भइ बलियो र स्थायी सरकार बनेको भन्दै मुलुकलाई समाजवादोन्मुख बनाउने दिशमा रहेको बताए।

उनले देशको अभियान 'समृद्ध नेपाल र सुखी नेपाली' रहेको बताए। नेपाल जैविक विविधताको हिसाबले संसारकै राम्रो स्थान भएको उनको भनाइ रहेको छ । नेपाल आउँदा विश्‍व समुदाय मोहित र अचम्मित हुने बताए। 

नेपालको अतिथि देवो भव: विश्‍वकै उत्कृष्ट मानिने उनको भनाई रहेको छ। विश्‍वका धेरै देशमा घुम्‍ जादा त्यहाँ के छ भनेर जानु पर्ने भए पनि नेपाल आउँदा के छैन भनेर खोज्नुपर्ने उनको भनाई छ। 

नेपाल सबै सिजनको लागि पर्यटकीय गनत्वय भएको उनको भनाई छ। नेपाल पर्यटकको लागि पूर्ण प्याकेज भएको उनले बताए। पछिल्लो ६ दशकमा नेपालको पर्यटन क्षेत्रमा धेरै काम भएको उनको भनाई छ। सन् २०२० पर्यटन वर्षको प्रस्थान विन्दु भएको र यो देशका पर्यटन दशकका रुपमा मनाइने भट्टराईले बताए।

पर्यटन क्षेत्रलाई केन्द्रित गरेर सरकारले पूर्वधारको विकासलाई तिव्रता दिएको उनले बताए। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्‍चालन गर्नुका साथै पर्टन क्षेत्रमा बोकेका लक्ष्य पूरा गर्न निजगढ विमानस्थल पनि बनाउनु पर्ने बताए। 

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र पर्यटनकै माध्यमबाट गरिवी निवारण गर्ने मन्त्री भट्टराईको भनाई छ। 

मन्त्री भट्टराई बोल्दा पर्यटन क्षेत्रका व्यक्तिहरू मन्त्री भट्टराईको पछाडि उभिएका थिए। साझा कार्यक्रमको अवधारणा देखाउन नै पर्यटन क्षेत्रका व्यवसायी सँगै उभिएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.