|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी छन्। दशरथ रंगशालामा बुधबार भएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन्। 

उद्घाटन मन्तब्य दिँदै राष्ट्रपति भण्डारीले प्राकृतिक र सांस्कृतिकरुपमा सम्पन्न नेपालले पर्यटक आउन थालेपछि योजना बनाएको बताउँदै अब व्यवस्थित काम गर्नुपर्ने उल्लेख गरिन्। 

‘अब नेपालले पर्यटन क्षेत्रमा योजनावद्ध कार्यक्रम नल्याए समस्या हुन्छ’, उनले भनिन्, ‘भ्रमण वर्षको लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्नेछ। चितवन, लुम्बिनी र अन्नपूर्ण सर्किटसहतिमा पर्यटकले धेरै चासो दिएका छन्।’

उनले अतिथिलाई देवतासमान मान्ने नेपालको संस्कृति बचाइराख्नुपर्नेमा जोड दिइन्। ‘अतिथिलाई देवतासमान मान्ने नेपालको संस्कृति जोगाइराख्नुपर्छ। हाम्रा सांस्कृति सम्पदा जोगाएर पर्यावरणीय पर्यटक तान्नुपर्छ’, उने अगाडि भनिन्, ‘आधुनिक सुविधासँगै सांस्कृति सम्पदाबाट पनि पर्यटक तान्न सकिन्छ।’ 

राष्ट्रपति भण्डारीले नेपाल सहासिक पर्यटनको केन्द्र बन्न सक्ने पनि उल्लेख गरिन्। ‘प्राकृतिक सम्पदा प्रचुरमात्रामा रहेकाले नेपालमा साहसिक खेलकुदको सम्भावना छ’, राष्ट्रपतिले अगाडि भनिन्, ‘अब हामीले प्रकृतिलाई बिगारेर, मारेर होइन, सिंगारेर, साँचेर पर्यटन अभियान चलाउनुपर्छ।’

राष्ट्रपतिले पर्यटकले चलाउने सबैखालका वस्तु देशभित्रै उत्पादन गर्नसक्नुपर्नेमा जोड दिइन्। ‘पर्यटकका लागि चाहिने वस्तु अब नेपालमै उत्पादन गर्न सक्नुपर्छ’, उनले अन्तिममा भनिन्, ‘भ्रमण वर्ष चलिरहँदा हाम्रो मौलिकता गुमाउन दिनु हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.