|

मुगु : कर्णाली प्रदेशको मुख्य पर्यटकीयस्थल रारामा पनि पर्यटन वर्षको शुभारम्भ गरिएको छ। रारा तालको छेउबाट बुधबार नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको सन्देश प्रवाह गरिएको हो।

रारा तालको मिलिचौरमा एक समारोहका बीच छायानाथ रारा नगरपालकिाका प्रमुख हरिजंग शाही र जिल्ला समन्वय समितीका प्रमुख पूर्णबहादुर रोकायाले रिवन काटी उद्घाटन गरेर भ्रमण वर्ष रारामा पनि शुभारम्भ भएको सन्देश प्रवाह गरे।

छायानाथ रारा नगरपालिकाको आयोजनामा बाजागाजासहित एक औपचारिक कार्यक्रमको आयोजना भ्रमण वर्षको शुभारम्भ भएको सन्देश दिन कार्यक्रम गरिएको छायाँनाथ रारा नगरपालीकाका उप प्रमुख सुन्तला रोकायाले बताईन ।

सन् २०२० मा नेपाल सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमणवर्ष सुरु गरेकै दिन सरकारको कार्यक्रमलाई सफल बनाउन मुगुको रारा तालको छेउमा पनि नेपाल भ्रमण वर्षको शुभारम्भ गरिए छायानाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले बताइन्।

रारा २० हजार विदेश पर्यटक भित्र्याउने

भ्रमण वर्षको शुभारम्भसँगै रारामा पनी २० हजार विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ काम गरिने छायानाथ रारा नगरपालिकाले जनाएको छ।

उद्घाटन समारोहमा बोल्दै छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले नेपाल भ्रमण वर्षले हरेक नेपाली आ-आफ्नो क्षेत्रबाट शुरुवात गरी नेपाल सरकारको लक्ष्यलाई साकार पार्नुपर्ने बताए।

मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक तथा प्राकृतिक, पर्यटकिय स्थल साँस्कृतिक तथा ऐतिहासिक सम्पदा रहेकाले त्यस्ता सम्पदालाई प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सबैले आफ्नो आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह उनले गरे।

जिल्ला समन्वय समितका प्रमुख पूर्णबहादुर रोकायाले रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रहेको बताउँदै नेपाल सरकारको एक सय गन्तब्यमा रारा पनि परेको उल्लखे गरे।

रारा मुगु जिल्लाको अर्थतन्त्र शुद्धीकरणममा महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय स्थल भएकाले रारामा आउने पर्यटकलाई सम्मान सत्कार गर्नु पर्ने बताए।

रारा राष्टिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुरले रारा प्रकृतिले दिएको एक अनुपम वरदान रहेको बताए। रारामा ताल मात्रै नभइ विश्वमै दुर्लभ तीन प्रकारका असला जाताका माछा, विभिन्न जंगली जनावर, पशुपन्छीलगायतका रहेकाले रारा आउने पर्यटकले रमाइलोसँगै विभिन्न प्राकृतिक, धार्मिक क्षेत्रको अवलोकन गर्न पाइने भएकाले एकपटक पुग्नै पर्ने बताए।

पर्यटकलाई सम्मान

भ्रमण वर्ष २०२० को शुभारम्भमा रारामा आएको आन्तरिक पर्यटकमध्ये दुईजनालाई सम्मान गरिएको छ। एक हप्ताको लागि रारा पुगेका आन्तरिक पर्यटक धादिङकी सिर्जना थपलिया  र हुम्लाका मोहन विक्रम शाहीलाई भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा खादा ओढाई सम्मान्न   गरिएको हो।

रारा जाउँ अभियान

छायानाथ रारा नगरपालिकाले  रारा जाउँ अभियान सञ्चालन गरेको छ। रारा जाउँ अभियानअन्तर्ग  नेपाल भ्रमण वर्षको अवधिमा देशका ठूला शहरमा राराका बारेमा वित्तचित्र प्रर्दशन गरी राराको बारेमा जानकारी दिने छ। रारा पुग्ने माध्यम र लाग्ने खर्चलगायत रारामा पुगेपछि पर्यटकको आनन्दका बारेमा विराटनगर, काठमाडौं, पोखरालगायतका शहरमा प्रचारप्रसार गरिने छायानाथ रारा नगरपालिकाका प्रमुख शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.