|

दैलेख : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० को दैलेखको नारायण नगरपालिकालगायत ११ वटै स्थानीय तहले सुभारम्भ गरेका छन्। नारायण नगरपालिकाले स्थानीय खुल्ला मञ्च टुडिखेलमा भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको हो।

अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिनको अवसर पारेर नेपाल सरकारले शुभारम्भ गरेको भ्रमण वर्ष २०२० को बुधबार स्थानीय टुडिखेलमा कर्णाली प्रदेश सदस्य तथा कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक श्रोत समितिका अध्यक्ष सांसद अमर बहादुर थापाले गरेका हुन्। उद्घघाटन कार्यक्रममा जिल्लामा रहेका विभिन्न कला संस्कृति विभिन्न जातजातिका भेषभुषा प्रस्तुत गरिएको थियो । 

यस्तै, दुल्लु नगरपालिकाको आयोजनामा पनि दुल्लुको पटाङ्गिनीमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ। कार्यक्रममा दुल्लु क्षेत्रमा लोप हुन लागेका कला संस्कृतिक प्रस्तुत गरिएको थियो।

पर्यटकीय हिसाबले काठमाडौं लुम्बिनीपछिको महत्व पूर्ण मानिने दैलेख जिल्लामा कालिकोट र दलेखको सिमानामा पर्ने महाँबु धाम ३२ जातजातिको उद्गम स्थल दुल्लु पानीमाथि आगो बल्लने ज्वाला क्षेत्र लगायतका पर्यटकीय स्थल रहेका छन्। दैलेख आउँने पर्यटकका सहजताका लागि जिल्लाका सबै स्थानीय सरकारले सडक पार्किङ स्थल लगायत सबै व्यवस्था मजबुद पारेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.