|

दोहा : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  कतारले नेपाल भ्रमण वर्ष सन् २०२० को लागि हेल्प डेस्क स्थापना गरेको छ। नेपाली राजदुतावास कतारमा एक कार्यक्रमका बिच कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाज वाग्लेले हेल्प डेस्कको उद्घाटन गरेका छन्। 

हेल्प डेस्कको उद्घाटन कार्यक्रम बोल्दै राजदूत भारद्वाजले भ्रमण बर्षको अवधीमा प्रत्येक नेपालीले कतारीसँगै यहाँ कार्यरत अन्य देशक ब्यक्तिहरुलाई  नेपाल पठाउन सके नेपाल भ्रमण वर्ष सफल हुने बताए।

राजदुत भारद्वाजले अरब बिश्व अर्थतन्त्रको केन्द्र बन्दै गएकोमा कतार प्रमुख रहेको भन्दै कतारको विकास सङ्ग नेपाललाई जोडनु नै आफ्नो प्रमुख उदेश्य रहेको बताए।  नेपालले सरकारले कतार स्थित दुतावासलाई प्राथमिकतामा राखेको र कतार सरकार तथा जनता पनि नेपाललाई सहयोग गर्न इच्छुक रहेकोले आर्थिक कुटनैतिक नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए। 

कार्यक्रममा आइसिसी सदस्य एवं भ्रमण बर्षको लागी एनआरएनका मध्यपुर्व संयोजक रमेश भट्टले एनआरएनएले भ्रमण वर्षको लागि गरेको तयारी बारे जानकारी गराएका थिए। कार्यक्रमको समापन गर्दै एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउनु सबैको दायित्व रहेको बताउदै आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह गरे। 

एनआरएन अभियानता तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको एनआरएन कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.