स्थानीय तहले गरे भव्य स्वागत

|

विदुर आचार्य
सिन्धुपाल्चोक : भ्रमण वर्ष २०२० को स्वागतार्थ सिन्धुपाल्चोकका सबै स्थानीय तहले भव्य कार्यक्रम गरेका छन्। तीन नगर र नाै गाउँपालिका रहेकाे सिन्धुपाल्चाेकले पर्यटन विकासको योजनासहितको भव्य स्वागत गरेका हुन्।    

पर्यटनसँग सम्वन्धित संस्था र नागरिक समाजले समेत पर्यटन वर्षलाई स्वागत गरेकका छन्। भ्रमण वर्षको पहिलो दिन सवै स्थानीय तहले आफ्नो पालिकाको पर्यटन क्षेत्रको विकासको लागि विभिन्न कार्यक्रम गरे।

भ्रमण वर्ष २०२० जिल्ला स्तरीय सहजिकरण तथा आयोजक समिति सचिवालयले नेपाल चीन सीमा क्षेत्रवाट कार्यक्रमको सुरुवात गर्‍यो । स्थानिय सरकार, ३ नम्वर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समेत आयोजनामा चिनियाँ अधिकारीहरुलाई वाजागाजा सहित भव्य स्वागत गरेको छ। 

भ्रमण वर्षको निम्तो मान्न नेपाल आएका चिनका अतिथीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख तथा भोटेकोशी गााउ पालिकाकी उपाध्यक्ष दावुटी शेर्पा र वाह्रविसे नगरपालिकाको प्रमुख निमफोञ्जो शेर्पाले नेपाली टोपी लगाएर स्वागत गरेका थिए। 

स्वागतसँगै नेपाल घुम्न चिनियाँ नागरिकलाई थप सहज वनाउन आफुहरु लागिपरेको जिल्ला समन्वय समितिका प्रमुख तथा भ्रमण वर्ष २०२० को जिल्ला स्तरिय सहजिकरण तथा आयोजक समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। 

चिनियाँ अधिकारीहरुले पनि नेपाल भ्रमण वर्ष सफल वनाउन आफ्ना नागरिकलाई पठाउने आश्वासन प्रस्तुत समेत प्रकट गरे। नेपाल पर्यटकीय क्षेत्रको गहना भएकाले यो अभियान सफल हुने भनाई व्यक्त गरेका थिए।


 
पाँचपोखरीमा दीप प्रज्वलन
जिल्लाको पर्यटकीय गन्तव्य मानिने पाँचपोखरी थाङ्पाल गााउपालिकाले दश हजार दीप प्रज्वलन गरी भ्रमण वर्षलाई स्वागत गरेको छ । पाँचपोखरी प्रवेशद्धारबाट थाम डाँडासम्म ¥याली गरि नागी थाम डाँडामा दश हजार दीप प्रज्वलन गरेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । 

भ्रमण वर्षमा आफ्नो पालिकामा पर्यटकलाई भव्य स्वागत गरिने समेत उनले वताएका छन् । सो गाउँपालिका सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको रुपमा परिचित छ। 

भौतिक सम्पन्नताले मात्र नभई स्थानिय संस्कार, सभ्यताले पनि पर्यटन प्रवद्धन हुने नेकपाका स्थाई कमिटी सदस्य तथा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार वोहोरा बताउँछन्। पर्यटक तान्नको लागि सिन्धुपाल्चोक जिल्लाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारण समेत राखे। 

इन्द्रावतीमा पदयात्रा
भ्रमण वर्षको स्वागतार्थ ईन्द्रावती गाउँपालिकाले आफ्नो पालिका भित्रका पर्यटकीय गन्तव्यहरुको पदयात्रा गरेको छ। भ्रमण वर्षले गाँउपालिका पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले जानकारी दिए। 

पर्यटन प्रवद्धनको लागि गाउँपालिकाो पर्यटकीय क्षेत्रमाहरु भीमसेन मन्दिर, बुढीचौर, वौद्ध विहार, रणेश्वर, नवलपुर भीमसेन, रानी ओडार, गुफा र नौलिङगेश्वरको पदयात्रा गरेको समेत जनाए। 

एक साता ३० प्रतिशत छुट
भ्रमण वर्ष सुरु भएसँगै एक सातासम्म पर्यटकहरुलाई तीस प्रतिशत छुटको व्यवस्था व्यवसायीहरुले घोषणा गरेका छन्। सिन्धुपाल्चोकका जिल्लाको मुख्य पर्यटकीय आर्कषण रुपमा रहेको र्र्याफ्टीङ, वञ्जी, क्यानोनिङ, खाना, वस्नलगायतको सवै सुविधामा ३० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको आयोजक समितिका प्रमुख तामाङले जानकारी दिए। 

त्यस्तै, पर्यटकलाई आकर्षित गर्न एक सातासम्म हरेक दिन अरनिको राजमार्गमा संञ्चालित होटल तथा रिसोर्टहरुले समन्वय गरि मौलिक कला प्रस्तुत गर्ने लक्ष्य समेत राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.