|

नेपालगन्ज : अलाउद्दिन स्मृति प्रतिष्ठान नेपालगन्जले बाँके, बर्दिया र दाङका ५ जना स्रष्टा नारीलाई सम्मान गरेको छ। बहुभाषिक कवि गोष्ठी तथा विशेष सम्मान कार्यक्रममा प्रतिष्ठानले स्रष्टा महिलालाई सम्मान गरेको हो।

सम्मानित हुनेमा भावना न्यौपाने, कल्पना खरेल, अनुपमा करारा (विवश), संगीता उपाध्याय र फरहीन सैयद रहेका छन्। साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष अस्फाक संघर्षले बताए।

सम्मानित स्रष्टा महिलालाइ वरिष्ठ साहित्यकार एवम् पूर्व प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव सनत रेग्मीले सम्मान गरेका थिए। सम्मानपछि बोल्दै रेग्मीले साहित्यमा महिलाको कमी नभएको बताए। उनले महिलालाई साहित्यमा ल्याउन सम्मानले एउटा इट्टा थपेको बताए।

सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य हरि तिमिल्सिनाले महिला साहित्य क्षेत्रमा आए विकृति न्यूनिकरण हुने बताए। उनले महिला साहित्यकारलाई लैंगिक समानता र समाजमा हुने विकृति, विसंगतिका बारेमा कलम चलाउन सुझाव दिए। सो अवसरमा साहित्यकार पंकज श्रेष्ठ लगायतले साहित्य बाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.