|

दमक : भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्दै झापाका दुई युवाले महाकाली–मेची पदयात्रा पूरा गरेका छन्।

भ्रमण वर्ष २०२० लाई सफल वनाउन उद्देश्यले दमक ८ का शुरेश उप्रेती र दमक ३ का खगेन्द्र निरौलाले गत मंसिर २० गते महाकालीको महेन्द्रनगरस्थित गढढीचौंकीबाट शुरु गरेका थिए।

पूर्वपश्चिम राजमार्ग हुँदै उनीहरू झापाको दमक आइपुगेका हुन्। त्यसक्रममा पैदययात्रीलाई स्थानीय संघसंस्थाले स्वागत गरेका छन्। पर्यटन वर्षको प्रवर्द्धनमा सहयोग गर्दै पदयात्रा पूरा गरेकाले उनीलाई सम्मान गरिएको स्थानीय सामाजिक अगुवा मोहन ढुंगानाले बताए।

दैनिक ४० किलोमिटर दूरी पैदल यात्रा गरिआएका युवा यात्रीले व्यक्तिगत खर्चमा करिब १०३१ किलोमिटर पूर्वपश्चिम राजमार्गको यात्रा सफल बनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.