|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बेदुराम भुसालले भर्खरै जनताको बहुदलीय जनवाद (जबज) मा विद्यावारिधि गरेका छन्। उनले जबजको ‘ऐतिहसिक विकासक्रम’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। 

त्यति मात्रै होइन, भुसाल नेपालमा राजनीतिक सिद्धान्त र इतिहासमा पहिलो पीएचडी गर्ने व्यक्ति बन्‍न पुगे। नेकपामा माधव नेपाल समूहको नेताका रुपमा चिनिएका भुसाललाई नेकपाले ६ वर्षे कार्यकालका लागि राष्ट्रियसभा सदस्यको चुनावमा उठाउने निर्णय गरेको छ। 

२०२६ सालमा कक्षा ८ मा पढ्दापढ्दै राजनीतिक आन्दोलनमा होमिएका भुसाललाई आन्दोलनमा लागेकै कारण तत्कालीन सरकारले जेलमा हाल्यो।

त्यसबेला बर्रे सङ्घर्ष समितिमा लागेर राजनीतिक आन्दोलन चर्काएको आरोप उनीमाथि सरकारले लगाएको थियो। त्यही आरोपकै कारण उनी झण्डै १३ वर्ष जेल जीवन बिताउन बाध्य भए। उनका लागि गुल्मीको तम्घास जेल नै पाठशाला बन्यो। 

भुसालले जेलभित्रै अध्ययन गरेर एसएलसी, आईए, बीए र एमएसम्म पुरा गरे। २०४३ सालमा जेलबाट छुटे पनि खुला राजनीतिक व्यवस्था नभएकाले राजनीतिक आन्दोलनसँगै अध्ययनलाई निरन्तरता दिइरहे। उनले आफू ६६ वर्ष पुग्दा जबजको ‘ऐतिहसिक विकासक्रम’ शीर्षकमा विद्यावारिधि गरे।

नेकपा स्थायी समिति बैठकले गत वर्ष १३ पुसमा संगठनात्मक एकीकरणका लागि प्रस्ताव तयार पार्न भुसालसहितका ९ नेतालाई जिम्मा दिएको थियो। नेकपाभित्र अध्ययनशिल नेताको रुपमा चिनिने भुसालले नेकपाको स्कूल विभागमासमेत दाबी गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.