|

विराटनगर : देशका धेरै शहरहरुमा लोडसेडिङ अत्यधिक घटेपनि व्याट्री, इन्भर्टर र जेनेरेटरको आयात भने उल्लेख्य रुपमा नघटेको पाइएको छ। विराटनगर जोगवनी नाका भएर चालु आर्थिक वर्षको ६ महिनामा ४९ करोड ३० लाख ३२ हजारको इन्भर्टर आयात भएको छ।

विराटनगरको रानी भन्सार कार्यालयका अनुसार यो रकम गत आर्थिक वर्षको ६ महिनाको भन्दा जम्मा २ करोड रुपैयाँमात्रै कमी हो। गत आर्थिक वर्षको ६ महिनामा ५१ करोड ७९ लाख ३६ हजार रुपैयाँको इन्भर्टर, ब्याट्री र जेनेरेटर आयात भएको थियो।

भन्सार कार्यालयका कम्प्युटर अधिकृत यमलाल पाण्डेका अनुसार गत आर्थिक वर्षमा भन्दा जेनेरेटर पार्टस् मात्र कम आयात भएको छ। गत वर्ष ८ करोड बराबरको जेनेरेटर पार्टस् आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनामा १ करोड १६ लाख बराबरको मात्रै जेनेरेटर पार्टस् आयात भएको उनले जानकारी दिए।

यस वर्षमात्रै ड्राइसेल ब्याट्री ९ करोड, युपिएस १३ करोड, विद्युतीय मोटर र जेनेरेटर २१ करोड ४६ लाख, ब्याट्री पार्टस् ३ करोड ५४ लाख, स्टेप्लाइजर १ करोड,  जेनेरेटर पार्टस् १ करोड १६ लाख बराबरको भित्रिएको भन्सार कार्यालयको तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.