|

कञ्चनपुर : नेपाल भ्रमण वर्षको औपचारिक सुरु भए पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिका धामका क्षतिग्रस्त भौतिक संरचना पनुर्निर्माणमा सरोकारवाला निकायको ध्यान गएको छैन।

जंगली हात्तीको बथानले पर्यटकीय क्षेत्रमा रहेका भौतिक संरचनामा क्षति पुर्‍याएको छ। आन्तरिक र भारतीय पर्यटकको गन्तव्यका रुपमा रहेको मणिका धाममा रहेका धर्मशाला, भण्डारण गृह, कीर्तनमण्डल गृह, उज्यालोका लागि राखिएका सौर्यपाता, शौचालयलगायतका भौतिक संरचनामा हात्तीको बथानले क्षति पुर्‍याएको धार्मिक पर्यटकीय क्षेत्रका कर्मचारी टीका सिंह खड्काले बताए।

हात्तीको बथानले चार महिनाको अवधिमा तीन पटक गरी करिब दश लाख रुपैयाँ बराबरको भौतिक संरचना क्षति पुर्‍याएको छ खड्काले बताए। उनले भने, ‘भौतिक संरचना मर्मत सम्भार र पुनः निर्माणका लागि कुनै पनि निकायबाट सहयोग प्राप्त हुन सकेको छैन।’

दुई पटक स्थानिय चन्दादाताको सहयोगमा केही भौतिक संरचना पुनः निर्माण गरे पनि हात्तीले पुनः भत्काएको छ। हात्तीको बथानले भौतिक संरचनासँगै पर्यटकको सुविधाका लागि राखिएका भाँडाकुडा, फर्निचर, मन्दिरमा बस्दै आएका साधुका लताकपडामा क्षति पुर्‍याएको छ। चुरे क्षेत्रमै हात्तीको बथानले बासस्थान मन्दिरमा आएका साधुहरु त्यस ठाउँमा बस्न छाडेका छन्। 

पूर्वपश्चिम राजमार्गबाट करिब ११ किलोमिटर उत्तरमा चुरेको फेदीमा रहेको यस क्षेत्र प्राचिनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेहरुको आश्रय स्थलका रुपमा रहेको थियो। पहाडबाट झर्ने व्यक्तिहरुले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य धार्मिक धरोहरका क्षेत्रको रुपमा विकसित हुदै गएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.