|

काठमाडौं : वातावरण प्रदूषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णत: प्रतिबन्ध लगाइने भएको छ। त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ। यो व्यवस्था छिट्टै देशैभर लागू हुँदैछ।

यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ। विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनी बस, माइक्रो बस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइने छैन।

'यातायात व्यवसायीलाई थोत्रा गाडी विस्तापित गर्न बारम्बार अनुरोध गरेका छौँ,' महानिर्देशक श्रेष्ठले भने, 'फागुन १८ गतेपछि २० वर्ष पुराना गाडी सडकमा निकाल्न पाइँदैन। कसैले अटेर गरे सडकबाटै जफत गरिने छ।

यो निर्णय पूर्णरुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ।

श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सार्वजनिक यातायातका साधन विस्थापित गर्न नवीकरण, दर्ता र कर लिने सबै प्रकिया रोक्का गरिनेछ। उपत्यका बाहिर भने यो व्यवस्था २०७४ फागुन ३० गतेपछि लागू हुनेछ।

- नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.