|

काठमाडौं : देशको अखण्डता, सार्वभौमिकता, भाषा, संस्कृति अनि इतिहासमाथि हुने प्रहारलाई कुनै पनि देशले क्षम्य मान्दैन। त्यसैले यस्ता गतिविधि गर्ने जोसुकैलाई राज्यले अपराधको कोटीमा राख्दै कारबाही गर्ने गर्छ। तर, हाम्रो (नेपालको) अवस्था भने फरक छ।

यहाँ खुलमखुला देश टुक्राउने अभिव्यक्ति दिनेदेखि प्रमाणित इतिहासलाई बंग्याउनेसम्मका काम गर्नेहरुले उन्मुक्ति पाउँदै आएका छन्। पछिल्लो समय गौतम बुद्धबारे भ्रम सिर्जना गर्ने एक प्रकाशन गृहलाई कारबाही गर्नुको साटो सरकारी संस्थाले त्यत्तिकै उन्मुक्ति दिएको खबर छ।

प्रसंग, शुभारम्भ पब्लिकेशन प्रा.लिले पाठ्यक्रम विकास केन्द्रबाट पाएको उन्मुक्तिको हो। विद्यालय ताथ कलेजस्तरका पाठ्यपुस्तक प्रकाशन गर्दै आइरहेको यो प्रकाशन गृहले प्रकाशन गरेको एक पुस्तकमा गौतम बुद्धबारे अत्यन्तै भ्रामक विषय उल्लेख गरिएको छ। यो प्रकाशनले शैक्षिक वर्ष २०७३/०७४ का लागि तयार पारेको सामाजिक शिक्षा विषयको पुस्तकमा भारतीयहरुले लामो समयदेखि गर्दै आएको दाबीलाई मलजल गर्नेगरी 'बुद्ध भारतमा जन्मिएको' गलत विषय उल्लेख छ।

संगिता थेबेद्वारा लिखित सो पुस्तकमा गलत विषय उल्लेख गरिएको खुलेपछि यसको चर्को आलोचना भएको थियो। तर कारबाही गर्नुपर्ने सरोकारवाला निकायले भ्रम फैलाउने प्रकाशन गृह र लेखिकालाई कुनै कारबाही नगरी यत्तिकै उन्मुक्ति दिएपछि शैक्षिक क्षेत्रका जानकारहरु तीनछक परेका छन्।

- साँघु साप्ताहिकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.