|

हेटौंडाः उपमहानगरपालिकाले धुर्मुस सन्तुली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

सोमबार उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत चितवनमा पुगेर निर्माणाधीन रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका हुन्। उनले निर्माणाधीन  रंगशालाको हेरेर ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। धुर्मुस सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा हेटौंडाको तर्फबाट सहयोग गर्न लागिएको प्रमुख महतले बताए।

रंगशाला निर्माण भएपछि हेटौंडालाई बढी फाइदा पुग्ने भएकाले सहयोग गर्न लागिएको उनको भनाई छ। उनले हेटौंडासहित देशैभरिका स्थानीय सरकारको पनि सहयोग गर्नुपर्ने आवश्यक रहेको पनि बताए। प्रमुख महतले केही दिनमा नै घोषणा गरिएको रकम हस्तान्तरण गर्ने बताए।  

३० लाख सहयोग घोषणापछि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल 'धुर्मुस' ले रंगशाला निर्माणको काममा थप हौसला मिलेको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.