|

डडेल्धुरा : डडेल्धुरामा प्रहरीले ११ वटा छाउगोठ भत्काएको छ। आलिताल गाउँपालिका ६ धिमडामा रहेका छाउगोठ भत्काइएको हो।

सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत मंगलबार आलितालको धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठहरू भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लको टोलीले आलिताल गाउँपालिकाका उपाध्यक्ष जला बोगटी, वडा नं ६ का अध्यक्ष कुम्भ बुढा, स्थानीय पत्रकार र सर्वसाधारण समेतको सहभागितामा छाउगोठहरू भत्काइएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.