काठमाडौं : पर्यटकीय नगरी पोखरामा बिर्यानीका पारखीलाई लक्षित गरि द बर्गर एन्ड बिर्यानी हाउस खोलिएको छ। हल्ल्नचोकनजिकै लेकसाइडको १७ नं स्त्रीटमा उक्त रेस्टुरेन्ट सन्चालनमा आएको हो।
चिकेन, मटन र हाइद्रवादी दम बिर्यानीको स्वाद लिन पाइने उक्त स्थानमा दक्ष र अनुभवी सन्चालक र सेफहरूले पोखरामै उत्कृष्ट बिर्यानी पाइने दाबी पनि गरेका छन। युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले सन्चालनमा ल्याएको उक्त बिर्यानी एन्ड बर्गर हाउसमा बिर्यानी र बर्गरबाहेक अन्य इन्डियन, चाइनिज, कन्टिनेन्टल नेपाली परिकार पनि उपलब्ध रहेका छन्।
नेपाल भ्रमण बर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकलाई स्वस्थ्य र जिब्रो लोभ्याउने परिकार पस्किन उक्त रेस्टुरेन्ट तत्पर रहेको कुरा पनि संचालक ईश्वरले जानकारी गराए। बिर्यानीको लोकप्रियता बढेसँगै पोखरामा यस परिकारको राम्रो बजार रहेको संचालक बताउँछन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।