राजनीति

शिवमायालाई सभामुख बनाउन मोरङका उपप्रमुखको ध्यानाकर्षण

पुस २९, २०७६

    इटहरी : मोरङ जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुखले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउन ध्यानाकर्षण गराएका छन्। मंगलबार नेकपा मोरङ जिल्लालाई ध्यानाकर्षण पत्र बुझाउँदै उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुख बनाउन माग गरेका हुन्।

    विराटनगरस्थित पार्टी कार्यालय पुगेर ७ नगरपालिका र ३ गाउँपालिकाका उपप्रमुखले पत्र बुझाएका थिए। उपसभामुख तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्न ढिलासुस्ती भएको र सञ्चार माध्यममा आएको चर्चाले बढी गम्भीर बनाएको पत्रमा उल्लेख गरिएको छ।

    पत्रमार्फत उपप्रमुखहरूले तुम्बाहाम्फेलाई सभामुखको जिम्मेवारी प्रदान गर्ने विषयमा किन निर्णय गर्न नसकेको प्रश्‍न गरेका छन्। 'श्रमजीवी महिलाका मुर्छित सपनालाई ब्युँताउन सक्ने उहाँको नेतृत्व र रणनीतिक नेतृत्व क्षमता विकासले ठाउँ पाउँदा हामीले फड्को मार्न सक्ने कुरामा हामी मोरङ जिल्लाभरिका स्थानीय सरकारका उपप्रमुख, उपाध्यक्षहरू विश्वस्त छौँ' पत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]