|
File Photo : http://www.opednews.com/

सल्यान : लुहाममा रहेको एक कुखुरा फर्ममो आगजनी हुँदा १० लाख बराबरको क्षति भएको छ।  त्रिवेणी गाविसको लुहाम बजारमा रहेको एकीकृत शुभलक्ष्मी कुखुरा फर्ममा सोमबार राती अज्ञात समूहले आगजनी गर्दा फार्मका ७ सय कुखुरा जलेको सञ्चालक महेन्द्र श्रेष्ठले जानकारी दिए।

‘ छिमेकीको घरमा बिहे हेर्न गएका बेला आगो लागेछ। आगजनीका कारण सम्पूर्ण फार्म जलेको छ। सबै कुखुरा जले,’ उनले भने। आगलागीबाट १० लाख बराबरको क्षति भएको श्रेष्ठले बताए। प्रहरीले आगो लगाएको आशंकामा एक व्यक्तिलाई नियन्त्रण लिइ अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यायल लुहामका प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.