हिउँले पुरिएको आशंका

|

काठमाडौं : लाङटाङ राष्ट्रिय निकुञ्ज चार दिनदेखि दुई विद्यार्थी बेपत्ता भएका छन्। बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी बेपत्ता भएका हुन्। 

रसुवाको गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कने क्रममा उनीहरू बेपत्ता भएका हुन्।  बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका १ का १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ का जापान लामा रहेका छन्। 

शुक्रबारबाट विद्याथी हराएपछि हेलिकोप्टरमार्फत विद्यार्थीको खोजीकार्य भइराखेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेपाले जानकारी दिए। भारी बर्षाको कारणले उच्च पहाडी क्षेत्रमा हिमपात परेको हुनाले उनीहरू हिउँमा पुरिएको आशंका गरिएको छ। 

हेलम्बुका वाङ्गेल शेर्पाले शुक्रबार बिहान सम्पर्कमा आएको भए पनि त्यसपछि कुनै सम्पर्क नभएको उनको परिवार स्रोतले जनायो। उनीहरूले उत्याधिक चिसो र हिउँ परिरहेको बताएका थिए। परिवारलाई उनीहरूले त्यहाँबाट फर्कन लागेको बताएपछि उनीहरू हराइरहेका छन्। 

सिन्धुपाल्चोक र नुवाकोटाको सीमाक्षेमा पर्ने घ्याङफेदीबाट दक्षिण पर्ने तालुगाउँमा उनीहरु धुम्न निस्केका थिए। शुक्रबारबाट सम्पर्कविहीन भएका उनीहरू तालुगाउँ आसपास हिउँमा पुरिएको अनुमान गरिएको छ। 

बेपत्ता विद्यार्थीलाई खोज्न मेलम्चीघ्याङबाट केही गएको भए पनि अत्याधिक हिउँ जमेर खोजी कार्यमा समस्या पर्न आएको अध्यक्ष शेर्पाले बताए। 

चार दिनदेखि बेपत्ता विद्यार्थी भएको स्थानमा अनुमानित रूपमा खोजी कार्य जारी राखेको भए पनि अझै भेट्न सकेको छैन। विद्यार्थीलाई प्रहरीले हेलिकोप्टरको सहायताबाट पनि खोजी कार्य तीव्र पारिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.