|

काठमाडौं : ट्राफिक  नियमविपरीत अनामनगरको सडकमा पार्किङ गरिएको गृहमन्त्रालयको गाडीलाई कारवाही गरेको छ।अनामनगरमा पार्किङ गरिराखेको गृहमन्त्रालयका उच्च अधिकारी चढ्ने उक्त गाडीलाई कारवाहीस्वरुप ह्‍विल लक गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

ना १  झ १४२५ नम्बरको गृहमन्त्रालयको सरकारी गाडीमा ट्राफिक मशाशाखाको टोलीले ह्‍विल लक लगाएको  ट्राफिक महाशाखाले जनाएको छ।

गाडीलाई नियमअनुसार चिट काटेर कारवाहीको दायरामा ल्याइएको  महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार कुनै पद र हैसियत नहेरी कानुन मिच्‍नेलाई नछोड्ने जनाएको छ। 'बोलीमा नरम र कानुन लागू गर्न कडाइ' गर्ने महाशाखाले बताउँदै आएको छ।

फोटो : सुजन ढुङ्गानाको ट्विटरबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.