|

बैतडी :  राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालले आयोजना गरेको  फोटो प्रतियोगितामा सुदूरपश्चिमबाट थाहा खबरका संवाददाता विनोद सिंह विष्ट पुरस्कृत भएका छन्।  

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्नको लागि सहयोग पु¥याउने हेतुले र एनएफपीजे नेपालले आयोजना गरेको “नेपाल दर्शन २०२०” नामक फोटो प्रतियोगितामा विष्टले कैद गरेको फोटो सुदूरपश्चिमबाट उत्कृष्टमा पर्न सफल भएको हो। 

पत्रकार विष्टले कैद गरेको सुदूरपश्चिममा मात्रै नाचिँने छलिया नाँचको फोटो उत्कृष्टमा पर्न सफल भएको राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीप राज वन्तले जानकारी दिए।   विष्टलाई सोमवार काठमाडौंमा एक कार्यक्रमकाबिच  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  १० हजारसहित पुरस्कृत गरे। साथै उक्त फोटोलाई “नेपाल दर्शन २०२०” फोटो पुस्तकमा  प्रकाशन समेत गरिएको छ। उक्त फोटो पुस्तकको समेत सोमबार मन्त्री भट्टराईले बिमोचन गरे।   

यसैबिच प्रगियोगिताका सहभागीहरुमध्यवाट प्रदेश नं.५ का फोटो पत्रकार मनोज पौडेलले लुम्विनीको मायादेवी मन्दिरको फोटो “नेपाल दर्शन २०२०” मा उत्कृष्ट हुदै प्रथम स्थान हासिल गरे। मुगुका फोटोग्राफर कविराज कार्कीले खिच्नुभएको रारा तालको फोटोले द्वितिय स्थान हासिल गरेको छ भने काठमाडौमा रहेर फोटो पत्रकारीता गर्ने सुनील शर्माले खिचेकाृसोलुखुम्वुको सगरमाथा क्षेत्रको फोटोले तृतिय स्थान हासिल गर्न सफल भएको छ। 

त्यसैगरि प्रदेश स्तरिय उत्कृष्ट फोटो विजेताहरुमा प्रदेश एकवाट भवानी सिलाकार , प्रदेश दुईबाट सुसील कुमार श्रेष्ठ, प्रदेश तिनवाट आर्यन धिमाल , गण्डकी प्रदेशवाट राधिका कडेल, प्रदेश पाचँवाट अमरराज पुन, कर्णाली प्रदेशवाट हिक्मतबहादुर नेपाली पुरस्किृत भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.