|

काठमाडौं : भारत सरकारको सहयोगमा विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको छ। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेसँगै आइसिपी सञ्‍चालनमा आएको हो।

उदघाटन लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइसिपी नेपाललाई हस्तान्तरणको घोषणा गरेका छन्। त्यस्तै नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गरेका छन्। विराटनगर –१८ मा पर्ने भेडियारीमा १ सय २९ बिघा जमिनमा निर्माण भएको आइसिपी भारत सरकारको  दुई अर्ब १० करोडको लागतमा निर्माण सम्पन्न भएको हो। नेपाल इन्टरमोडेल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्ड अन्तरगत आइसिपीको स्वामित्वमा रहनेछ। यसको सञ्चालन भने विराटनगर भन्सार कार्यालयले गर्नेछ।

 नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्न उक्त चौकी स्थापना गरिएको जनाइएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.