|

मोरङ : मोरङको केराबारी गाउँपालिका कार्यालयमा शुक्रबार अज्ञात समूहले बम विष्फोट गराएका छ्न्।

विष्फोटबाट गाउँपालिकाको मुख्य द्वार र त्यहाँ रहेको जेनेरेटरमा क्षति पुगेको केराबारी प्रहरीले जनाएको छ। विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। क्षति विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बम विष्फोटपछि स्थानीय केराबारी बजारमा त्रास उत्पन्न भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन।

यसअघि मोरङकै मिल्काजुङ-१ रमितेमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरि विष्फोट गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.