सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखिँदै

|

काठमाडौं : नेपालमा पनि  कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबाट उच्च सर्तकता अपनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई आइतवार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। 

नेपालमा देखिएको कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सम्पूर्ण तयारी गर्न पनि ओलीले मन्त्रीहरुलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्री ढकाल र स्वासथ्य सचिव खगराज  बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरुको उपचारको अवस्थाबारे जानकारीसमेत लिएका छन्।

नेपालमा चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। यस्तै, चीनबाटै नेपाल फर्किएकी एक महिला र एक पुरुषमा पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। उनीहरुको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभावित देशबाट आउने विदेशी पर्यटक तथा नेपालीको विशेष चेकजाँचको व्यवास्था गरेको छ।

कोरोना भाइरस नेपालमा देखिएको पुष्टि भइसकेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको भएको पुष्टि भए पछि सरकारले देशका केन्द्रिय ठूला अस्पतालहरुलाई भाइरसको उपचारको लागि अलट बस्‍न निर्देशन दिएको छ।

मन्त्रालयले सतर्क रहनका साथै वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताललाई आइसोलेसन वार्ड बनाएर तीन दिन भित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ। 

स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र शंकास्पद बिरामीलाई विमानस्थलबाटै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.