कोरोनाबाट सावधानी अपनाउन आग्रह

|

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि निशाना साँधेका छन्।बुधबारबाट काठमाडौंमा सुरु केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले देउवाले बुझ्दै नबुझी बोलेको भन्दै कटाक्ष गरेका हुन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले 'हामीलाई प्राकृतिकरुपमा तथा कोरोना भाइरसका कारण भ्रमण वर्षको सुरुमै धक्का महसुस भएको छ', भनेका थिए। तर, कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीको त्यो भनाइ बुझ्दै नबुझी संसदमै असतुष्टि पोखेर कसले कहाँबाट धक्का दियो भन्दै कड्किएका थिए। 

प्रधानमन्त्री ओलीले बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा भनाइको अर्थ एकपट्टी भए पनि बुझ्नेले अर्को बुझेको उल्लेख गरेका छन्। नेपाल भ्रमण बर्ष २०२० सुरु भएलगत्तै कोरोना भाइरसले सरकारी अभियानमा धक्का पुगेको ओलीले प्रष्ट्याए। 

‘कोरोना भाइरसका कारणले भ्रमण वर्षमा धक्का पुग्यो भनेको थिएँ', उनले भने, 'तर, मेरो कुरालाई कसले कसरी बुझ्यो म जान्दिनँ।’

नेपालमा अहिलेसम्म एकजना व्यक्तिलाई मात्रै कोरोनाको संक्रमण देखिएको उनले बताए। कोरोनाको संक्रमणबाट जोगिन उनले सबैलाई आग्रह गरेका छन्। भाइरसबाट बच्‍न लागि सबैले सावधानी अपनाउनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.